Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > ‘फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको’

‘फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको’

सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको भएको बताउनु भएको छ ।

बञ्चरेडाँडामा थुप्रिएको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीयले दवाव दिईरहेका बेला मन्त्री राईले संविधान अनुसार काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहले नै सो डाँडाको फोहोर व्यवस्थापन गर्नुपर्ने तर्क गर्नु भएको हो । उहाँले बञ्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएपनि त्यसको जिम्मेवारी आफ्नै मन्त्रालयले लिनुपर्ने बाध्यता आएको उल्लेख गर्दै गुनासो पनि गर्नु भयो । आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राईले विभिन्न मन्त्रालयबीचको अधिकार क्षेत्रमा देखिएका विवादका कारण पनि बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा कठिनाई भईरहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री राईले सरकारले फोहोर व्यवस्थापन हुनेगरी आधुनिक सहरको बस्ती व्यवस्थापनको कामलाई अघि बढाएको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *