Sunday, November 24, 2024
Home > खेलकुद समाचार > आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने १६ टिमको टुंगो लाग्यो

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने १६ टिमको टुंगो लाग्यो

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने १६ टिमको टुंगो लागेको छ ।

युएईमा सम्पन्न ग्लोबल छनोटबाट ६ टिमले अष्ट्रेलियाको टिकट काटेसँगै विश्वकपमा सहभागी १६ टिमको तय भएको हो । ग्लोबल छनोटमा सहभागी १४ टिमबाट ६ टिमले विश्वकपको टिकट काटेको हो । बुधबार राति इलिमिनेटरमा हङकङलाई १२ रनले पराजित गर्दै ओमान विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र बनेको थियो । यस पटक ग्लोबल छनोटबाट ओमानसँगै स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड, आयरल्याण्ड र पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाए । जसमा नामिबिया र पीएनजीले भने पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन् । आईसीसीको टी–ट्वान्टी वरियताका शीर्ष १० टिम भने छनोट नखेली विश्वकपमा छनोट भईसकेका छन् । अब विश्वकपमा ग्लोबल छनोटबाट आएका ६ टिम र बंगलादेश र श्रीलंकाले समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहमा विभाजन गरेर खेलाइने समूह चरणबाट चार टिमले सुपर–१२ मा स्थान बनाउने छन् । सुपर–१२ मा आईसीसी वरियताका शीर्ष आठ टिम पाकिस्तान, भारत, इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तानसँग खेल्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाईने सुपर –१२ को समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *