नेवार समूदायले यो वर्षको भाइटिका अर्थात किजा पूजा आज मनाउँदैछन् ।
अघिल्ला वर्षहरुमा भाइटिका र किजा पूजा एउटै दिनमा पर्ने भएपनि यो वर्षको तिथीको घटवढका कारण अन्य समुदायले भाइटिका हिजै मनाएपनि नेवार समूदायले किजा पूजा आज मनाउन लागेका हुन् । तिथीको घटबढका कारण केही नेवार समूदायले हिजो नै मनाएपनि अधिकांशले आज बनाउन लागेका हुन् । किजा पूजामा पनि म्हः पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवार समुदायमा भने सप्तरंगी टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका लगाउने गरिन्छ । जसलाई नेवारी संस्कारमा ’जाकि सिन्ह’ भनिन्छ । दिदीबहिनीले पञ्चतत्वको सगुन दिनेदेखि पुजा गर्ने र आफ्ना दाजुभाइको दीर्घायूको कामना गर्ने गरिन्छ । तिहारको सार्वजनिक विदापछि सरकारले नेवार समूदायको आग्रहमा आज पनि सार्वजनिक विदा दिएको छ ।