झापा । तिहार लागेसँगै पूर्वी नाका काँकरभिट्टाबाट पटका तथा बारुदजन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ ।
नेपालमा अवैध मानिएको पटका, बारुदजन्य तथा विस्फोटक पदार्थ भित्र्न नदिन नाकाको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । झापाको काँकरभिट्टा नाकामा खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले न्यून परिमाणमा मात्र यस्ता पटका तथा बारुदजन्य पदार्थ भेटिएको दाबी गरेको छ । सशस्त्रको राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म काँकरभिट्टाले दशैँयता १ लाख मुल्य बराबरको बारुदजन्य पदार्थ बरामद गरेको जनाएको छ । त्यसैगरी प्रहरीले तिहारको समयमा अवैध सामानको ओसारपसार र भन्सारछली गरी सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्न सुरक्षा सर्तकता बढाइएको समेत जनाएको छ । यो अवधिमा गुल्मले मात्र ४ लाख ७७ हजार ५ सय मूल्य बराबरको सामानहरु बरामद गरी मेची भन्सार कार्यालयलाई बुझाएको छ ।