Thursday, November 21, 2024
Home > मुख्य समाचार > नेकपाका दुुवै अध्यक्ष बीच कुनै विवाद नभएको मन्त्री पोखरेलको भनाइ

नेकपाका दुुवै अध्यक्ष बीच कुनै विवाद नभएको मन्त्री पोखरेलको भनाइ

विराटनगर । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका दुुवै अध्यक्ष बीच कुनै विवाद नभएको वताउनुु भएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान संचारकर्मीसंग कुरागर्दै उहांले दुुवै अध्यक्ष बीच दैनिक भेटघाट र पार्टीका विषयमा दैनिक छलफल भइरहेको वताउनुुभयो । दुुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टी भित्र छलफल र बहस हुुनुु सामान्य कुुरा भएकाले यसलाई विवाद भन्न नमिल्ने वताउनुुभयो । उहाँले केहि अखबारले दुुई अध्यक्ष बीच विवादको कुुरा उठाएर समाचार सम्प्रेषण गरेपनि त्यसमा सत्यता नभएको बताउनुभयो । कार्यबाहक प्रधानमन्त्री पोखरेलले राष्ट्र र जनताको आवश्यकता र चाहना अनुुसार दुुवै पार्टीको एकता भएकाले साना तिना कुुराले एकतामा आँच नआउने दावी गर्नुुभयो ।

उहाँले सरकारको नेतृत्व आलोपालोगर्ने विषयमा कुुनै सम्झौता र सहमति नभएको प्रष्ट पार्नुुभयो । उहाँले आवश्यकता अनुुसार दुुवै अध्यक्षले पार्टीको कामको जिम्मेवार लिन सक्ने भन्दै सरकारको नेतृत्वका विषयमा भने पार्टीमा संस्थागत रुपमा विधिवत छलफल नभएको  बताउनुुभयो ।

उहाँले शर्त राखेर विप्लव माओबादीसंग वार्ता हुुननसक्ने वताउनुुभयो । शर्त तेर्साउने भन्दापनि विप्लव समूह शान्तिपूर्ण राजनितिक मुुलधारमा आउनु पर्नेमा उहाँले जोड दिनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *