Friday, November 22, 2024
Home > आर्थिक समाचार > इलाममा व्यवसायिक फूलखेती

इलाममा व्यवसायिक फूलखेती

इलाम । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ । बढी फूलको प्रयोग हुने हुँदा तिहारलाई फूलैफूलको पर्व भन्ने गरिन्छ । तर तिहारमा प्रयोग गरिने फूल धेरैजसो भारतबाट नै आयात हुने गरेको छ । यसवर्ष भने भारतबाट आयात घटाउने उद्देश्यले इलाम नगरपालिका १० का महिलाहरुले सामूहिक फूलखेती गरेका छन् ।

तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्रीको माला लगाएर सु–स्वास्थ्य, आरोग्य दीर्घायुको कामना गर्ने चलन छ । तिहारमा घर सजाउनका लागि पनि फूल प्रयोग हुने गर्दछ । थोरै समय र लगानीमा राम्रो आम्दानी हुने भएपछि इलामका महिलाहरुले सयपत्री फूल खेती गरेका हुन । तिहार र छठ पर्वमा सयपत्री फुलको व्यापार राम्रो हुने र लाखौं रुपैंयाको फूल भारतबाट आयात हुनेगरे अवस्थामा जिल्लामै सयपत्री फूलको उत्पादन गरेर चाडपर्वका बेला सयपत्री फूलको अभाव नहोस भनेर खेती सुरु गरेको उनीहरुले बताएका छन् । देउसी भैलो खेल्नेले पनि घरको आँगनमा गोलो आकारमा घुमेर भट्याउने क्रममा घरको झ्याल ढोकामा टागिएको फुललाई इङगीत गर्दै वत्तिको होइन, फुलको झिलीमिलि भन्ने गर्दछन । घरका झ्याल ढोका, भाँडावर्तन र कलश सजाउन समेत फूलको प्रयोग गरिन्छ । अझ भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला पहिरिएर हिड्दा तिहार फूलकै पर्व हो भन्ने, भान हुन्छ । यसरी फूलको पर्व मनाउदै गर्दा इलाम फूलमा आत्मनिर्भर बन्नुपर्छ भनेर खेति गरेको उनीहरु बताउँछन ।

तिहारलाई दिदीबहिनी र दाजुभाइबीच एक आपसमा माया, प्रेम, खुशी साटासाट गर्ने तथा फूलैफूलको पर्वका रुपमा लिइन्छ । तिहारमा सयपत्री र मखमली फूलको मालाको निकै महत्व हुन्छ । त्यति मात्र होइन धर्म कर्म, पूजापाठ, प्रेमलाप, कुनै विशिष्ठ पाहुनाको स्वागत, घर वरिपरीको वातावरणको सजावटका लागि समेत फूलको प्रयोग हुदै आएको छ । फूल खेतीमा प्राविधिक ज्ञानको आवश्यक पर्नुका साथै फूलका रोग नियन्त्रण र सिँचाइको समेत आवश्यकता पर्दछ । यसतर्फ भने सरोकारवाला निकायहरुले प्राविधिक रुपमा सहयोग गर्नुपर्ने उनीहरुले आवश्यकता औल्याएका छन् । धेरै मेहनत समेत नपर्ने फूल खेतीमा सवै एकजुट भए फूलमा आत्मनिर्भर हुन धेरै समय नलाग्ने उनीहरुको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *