सरकारले चालु आर्थिक वर्षकालागि मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको छ ।
आर्थिक वर्ष २०७६ र ७७ का लागि मोटा धानको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल २ सय रुपैयाँ भन्दा बढी हो । यस्तै नेपाल सरकार र बंगलादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौता संघीय संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति दिइएको जानकारी दिनुभयो । बैठकले सुनसरीस्थित देवानगञ्ज गाउँपालिकालाई देवानगञ्ज गाउँपालिका वडा नं. २ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशूल्क लिजमा उपलब्ध गराउन स्वीकृति दिएको छ । वैठकले किजा पूजाको अवसरमा कात्तिक १३ गते बुधवार सार्वजनिक विदा दिने निर्णय गरेको समेत मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।