Friday, November 22, 2024
Home > मुख्य समाचार > निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा १ लाख मात्र रुख काटे पुग्ने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा १ लाख मात्र रुख काटे पुग्ने

बारा । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा १ लाख मात्र रुख काटे पुग्ने भएको छ ।

बारामा बन्न लागेको विमानस्थलका लागि काटिने रुखको विषयलाई लिएर बाहिर आएका हल्लाहरुले विमानस्थललाई नैं अन्तर्राष्ट्रिय रुपमै विवादित बनाइरहेका बेला आयोजना प्रमुख ओम शर्माले भने न्यून संख्यामा रुखको क्षति गरि विमानस्थल निर्माण गर्न सकिने तथ्याङ्क सार्वजनिक गर्नुभयो । सिमरामा एक कार्यक्रमको आयोजना गरी शर्माले वातावरणलाई प्रभाव नपर्ने गरी न्यून संख्यामै रुख काटेर विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो । दुई धावन मार्गसहितको विमानस्थल निर्माणका लागि सवा १ लाख मात्र रुख काट्दा पुग्ने तथ्याङ्क शर्माले प्रस्तुत गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमका दुई धावन मार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढिमा सवा १ लाख रुख काट्दा पुग्ने बताउनुभयो ।

विमानस्थल निर्माण गर्न आवश्यक दुई हजार तीन सय ५० हेक्टर क्षेत्रफल मध्ये १ हजार ६ सय ५० हेक्टर क्षेत्रफल मात्र वन क्षेत्र भएको शर्माले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *