Friday, November 22, 2024
Home > मुख्य समाचार > राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराउनुभएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक गरी सम्पन्न गर्न पनि तोकिएको समय अघि नै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई कडा निर्देशन दिनु भएको हो । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको एक्सन रुमबाट ६ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको कामको प्रगति विवरण लिँदै त्यसको काममा तीव्रता दिन पनि प्रधानमन्त्री ओलीले मातहतका आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको कामलाई तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, सिक्टा सिँचाई आयोजना र भेरी–डाईभर्सन सिचाई आयोजनासहित ६ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको कामको प्रगतिविवरणबारे जानकारी लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *