Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > प्रदेश २ को लोकसेवा आयोगले पूर्णता पायो

प्रदेश २ को लोकसेवा आयोगले पूर्णता पायो

जनकपुर । प्रदेश २ को लोकसेवा आयोगले पूर्णता पाएको छ ।

सदस्यमा सिफारिस दुईजना सदस्यको आज सपथ ग्रहण गराइएको छ । लोकसेवा आयोगको अध्यक्षमा सुरेन्द्र यादवको नियुक्ति भएको झण्डै दुई महिना पछि थप दुई सदस्यको सपथग्रहण गराइएको हो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सिफारिसमा महोत्तरीका महारुद्र झा र नेकपाको सिफारिसमा राजविराजका डा. सुजाता देवलाई सदस्यमा नियुक्ति गरिएको हो । आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले दुईजना सदस्यलाई सपथ ग्रहण गराए लगत्तै लोकसेवा आयोगले पूर्णता पाएको हो । यसअघि आयोगको अध्यक्षमा समाजवादी पार्टीका सुरेन्द्र यादवलाई भदौ ५ गते नियुक्त गरिएको थियो । प्रदेश लोक सेवा आयोगले पुर्णता पाएपछि अब छिट्टै विज्ञापन निकाल्ने तयारी गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।  सपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव लगायत प्रदेश २ का मन्त्रीहरुले सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *