Friday, November 22, 2024
Home > मुख्य समाचार > काठमाडौंमा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन

काठमाडौंमा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको आज काठमाडौमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । श्रम र क्षमतालाई प्रविधिमा बदल्न नसकेका कारण नेपालले तुलनात्मक रुपमा विकासको फड्को मार्न नसकेको भन्दै उहाँले आध्यात्मिक ज्ञानलाई विज्ञानसंग जोड्नुपर्ने बताउनुभयो । उहाँले प्रविधिको प्रयोग गर्न नसकेकाले विकासमा नेपाल पछि परेको उल्लेख गर्दे उहाँले नेपाल र नेपालीको जीवनस्तर उठाई सम्मृद्ध नेपाल निर्माणका लागि प्राप्त ज्ञानलाई नेपालमा नै प्रयोग गर्न युवा बैज्ञानिकहरुलाई आग्रह गर्नुभयो । उपराष्ट्रपति पुनले ३ दिन सम्म चल्ने सम्मेलनले दिने निचोड मुलुकका लागि ठूलो उपलब्धि हुने विश्वास आफुले लिएको बताउनुभयो । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विद्यालयतहमा नै प्राविधिक शिक्षा उपलब्ध गराउने गरि विज्ञान र प्रविधिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजना भएको सम्मेलन सम्मेलन ३ दिन सम्म चल्ने छ । स्वदेशमा कार्यरत र विदेशमा बसेका नेपाली बैज्ञानिकहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *