गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी हुनु भएको छ ।
काठमाडौंमा सम्पन्न एनआरएनएको नवौं राष्ट्रिय सम्मेलनले पन्तलाई दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो । आज बिहान घोषित मत परिणाम अनुसार पन्तले प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै अध्यक्षमा विजयी हुनु भयो । पन्तले १ हजार २१७ मत प्राप्त गर्नु भएको थियो भने आचार्यले १ हजार ७० मत प्राप्त गर्र्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष पन्त जर्मनमा रहेर आफ्नो व्यवसाय गर्दै आउनु भएको छ । त्यसैगरी महासचिवमा हेमराज शर्मा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, बद्री केसी, रविना थापा, सोनाम लामा र मन केसी निर्वाचित हुनु भएको छ । गौरी जोशी र आरके शर्मा सचिव तथा कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको पनि निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २ हजार ३४४ मत खसेको थियो ।