Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

काठमाडौं । काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ ।

युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा आज काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा सो केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले जानकारी दिनु भयो । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको पनि अध्यक्ष पुनले बताउनु भयो । केन्द्रमा हाल २० वटा प्रोजेक्ट संचालनमा आएका छन । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।

केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ । त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका सहरमा काम सुरु गरिएको छ । केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरुको पनि सहायता गर्ने पनि बताउनु भयो । नेपालको ग्रामिण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा संचालनमा ल्याएका युवा वैज्ञानिक पुनले सो राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको पनि नेतृत्वको गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *