Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > बाल अधिकारबारे प्रधानन्यायाधिश जबराको यस्तो भनाइ

बाल अधिकारबारे प्रधानन्यायाधिश जबराको यस्तो भनाइ

ललितपुर । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले बाल अधिकार र बाल न्यायसम्बन्धि ऐन, कानुनहरुको व्यवहारिक कार्यान्वयनका लागि सम्बन्धित निकायहरुको स्पष्ट प्रतिवद्धता र क्रियाशीलताको आवश्यक्तामा जोड दिनु भएको छ ।

प्रधानन्यायाधिश जबराले बाल न्यायसम्बन्धी कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायहरुको समक्षता हुनुपर्ने पनि स्पष्ट पार्नु भयो । केन्द्रिय बाल न्याय समितिले आज ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले बाल न्यायसम्बन्धि काननुहरुको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सरकारको पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो । प्रधानन्यायाधीश जबराले नेपालले प्रतिवद्धता गरेका बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरुको सम्मान तथा नेपालको संविधानले प्रत्याभूति गरेको सोसम्बन्धी मौलिक हकहरुको प्रचलनका लागि समेत बाल न्यायसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने पनि स्मरण गराउनुभयो ।

प्रधानन्यायाधिश जबराले बाल न्यायका लागि सरकारले बाल न्याय प्रशासनको सुदृढीकरणका लागि छुट्टै मन्त्रालयसहितको व्यवस्था गरेको पनि बताउनुभयो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकाहरुको उचित हेरचाह र शिक्षादीक्षाका लागि राज्यले के–कस्ता कदम चाल्नुपर्ने हो आवश्यक सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गर्नुभयो । मन्त्री थापाले सरकारले बाल अधिकारको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक ऐन, कानुन पनि परिमार्जन गर्दै लैजाने दोहोर्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *