Friday, November 22, 2024
Home > मुख्य समाचार > आज विजया दशमी, मान्यजनका हातबाट टिका लगाइँदै

आज विजया दशमी, मान्यजनका हातबाट टिका लगाइँदै

नेपालीहरुको महान् चाड बडा दशैंको आज दशौं दिन अर्थात, विजया दशमी । आफ्ना मान्यजनहरुबाट टीका तथा जमरा लगाई हर्Èल्लासका साथ विजया दशमी मनाइ“दैछ ।

हिन्दुहरुको महान् चाड वडा दसै“को दशौ“ दिन मंगलबार आफ्ना मान्यजनहरुबाट टीका तथा जमरा लगाई हर्Èोल्लासका साथ विजया दशमी मनाइ“दैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा विजयादशमी मनाइन्छ । विजयदशमीका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरु पुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । दशै विजयको प्रतिक मानिने भएकोले उत्साह स्वरुप दुर्गाभवानीको प्रसादको रुपमा टिका, जमरा ग्रहण गरिने परम्परा रहेको काली मन्दिर विराटनगरका मुल पुजारी हरिविष्णु दाहाल बताउनुहुन्छ । दुर्गा भवानीको प्रसादको रुपमा पूजाकोठा तथा दसै“घरमा विधिपूर्वक राखिएको जमरा दशमीकै दिन देवीपूजा विसर्जन गरेर पूर्ण घडाको जलले अभिÈेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने यस पर्व अन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसै“घरमा प्रत्येक दिन पूजा अर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।

बिजयादसमीका दिनदेखि शुरु भएको टिका पूर्णिमासम्म लगाइने चलन छ । यसरी दुर्गा भवानीको टिका थाप्नाले सुख र शान्ति प्राप्ति हुने जनविश्वास रहिआएको छ । मकालु समाचारकालागि नवीन कर्णको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *