Friday, November 22, 2024
Home > मुख्य समाचार > सभामुखको राजीनामाबारे संसद सचिवालयद्धारा सूचना टाँस

सभामुखको राजीनामाबारे संसद सचिवालयद्धारा सूचना टाँस

काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।

उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले जानकारी दिनुभएको छ । महराले हिजो उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गर्नुभएको थियो । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन । यो सूचनासँग सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ । जबकि महराको निजी सचिवालयले छानबिन प्रक्रिया पूरा भइसकेपछि उहाँ पुनः जिम्मेवारीमा फकने दाबी गर्नुभएको थियो ।
यसैविच कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेबसाइटबाट हटाएको छ । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिए सँगै संघीय संसदको प्रतिनिधिसभाको वेबसाइटबाट महराको नाम आज दिउँसोबाट हटाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *