Sunday, November 24, 2024
Home > मुख्य समाचार > यौन दुब्र्यवहारको आरोप लगेका सभामुख महराले दिए राजिनामा

यौन दुब्र्यवहारको आरोप लगेका सभामुख महराले दिए राजिनामा

प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ ।
यौन दुब्र्यवहारको आरोप लगेका महराले आज दिउसो पदबाट राजीनामा दिनुभएको हो । यौन दुब्र्यवहारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको थियो । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पनि पदबाट राजीनामा दिन महरालाई सुझाएको थियो । संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महराले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएपछि महरा पदबाट राजीनामा दिन बाध्य हुनु भएको हो । महराले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा आजैदेखि लागू हुने गरी राजीनामा दिएको घोषणा गर्नुभएको छ । उहाँले लेखेको राजीनामा पत्रमा घटनाको छानबिन नसक्दा सम्मका लागि राजीनामा दिएको उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *