Friday, November 22, 2024
Home > मुख्य समाचार > सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति पनि मुलुकमा देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाउनु भएको हो । आज ललितपुरको भैंसिपाटीस्थित सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास तथा सम्पर्क कार्यालयहरुको शिलान्यास गर्दै उहाँले सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिएपनि त्यसको चर्चा समेत नगरिएको गुनासो समेत गर्नु भयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सरकार हरेक दिन एक कदम अघि बढिरहेको दावी पनि गर्नु भयो । उहाँले मोतीहारी–अमलेखगंज पेट्रोलियम पदार्थको पाईप लाईन विस्तार गरिएको पनि स्मरण गराउनु भयो । प्रधानमन्त्री ओलीले एक वर्ष पूरा नहुँदै मेलम्ची खानेपानी काठमाडौं ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।  प्रधानमन्त्री ओलीले बेसहारा भएर बसेका नागरिकलाई सरकारले उचित व्यवस्था गर्ने पनि बताउनु भयो । उहाँले देशलाई छिट्टै भिखमंगामुक्त बनाउने घोषणा पनि गर्नु भयो । सरकारले चालू आर्थिक वर्ष भित्रै स्टेट गेष्ट हाउस, सभाहल र संघीय संसदका सांसदहरुको आवास निर्माणको कामलाई पनि सुरु गर्ने योजना सार्वजनिक गरिसकेको छ । यस अघि प्रधानमन्त्री ओलीले ३ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी सिंहदरबारमा संघीय संसद भवन र बालुवाटारमा प्रधानमन्त्री निवास नयाँ भवनको पनि शिलान्यास गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *