Sunday, November 24, 2024
Home > आर्थिक समाचार > पुल्चोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी

पुल्चोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी

सरकारले ललितपुरको पुल्चोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पुल्चोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तराष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिनु भएको हो । उहाँले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाई पनि सरकारले बनाएको बताउनु भयो । आज ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको पनि बताउनु भयो । अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसावले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिवद्ध भएर लागि परेको दावी पनि गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *