Sunday, November 24, 2024
Home > खेलकुद समाचार > खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन खनालको आग्रह

खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन खनालको आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन सबै तहका सरकारलाई आग्रह गर्नुभएको छ ।
वरिष्ठ नेता खनालले मुलुक आर्थिक विकासतर्फ लम्किएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन तीनवटै तहका सरकारलाई आग्रह गर्नुभएको हो । सरकारले खेलकुद क्षेत्रको विकासका लागि पनि मुलुकलाई समृद्ध बनाउन ‘समृद्ध नेपालः खुसी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई अघि सारेको वरिष्ठ नेता खनालको भनाइ छ । काठमाडौंमा आजबाट सुरु भएको ‘प्रधानमन्त्री कप चौंथो अन्तरविश्वविद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै वरिष्ठ नेता खनालले खेलकुद क्षेत्रको विकासका लागि पनि देशलाई धनी बनाउन केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नुभयो ।
वरिष्ठ नेता खनालले मुलुकको संस्कृतिलाई सही ढंगले अघि बढाउन पनि खेलकुद क्षेत्रको विकासमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले खेलकुदलाई पठनपाठनसँग जोडेर अघि बढ्न सबै विश्वविद्यालयहरुलाई आह्वान गर्नुभयो । उहाँले त्यसका लागि विश्वविद्यालयलाई चाहिने आवश्यक आर्थिक सहायता परिषदले उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
सदस्य सचिव सिलवालले स्वस्थ नागरिक हुन पनि खेलकुद क्षेत्रको विकास अति जरुरी रहेको पनि स्मरण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *