Friday, November 22, 2024
Home > मुख्य समाचार > कक्षा ११ को परीक्षाफल आज सार्वजनिक

कक्षा ११ को परीक्षाफल आज सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ ।

गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए । नियमिततर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको छ । तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् । त्यसैगरी ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७७२ जना छन् । २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् । यसैगरी ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् । यस्तै ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *