Monday, November 25, 2024
Home > मुख्य समाचार > खुल्यो टिकट बुकिङ

खुल्यो टिकट बुकिङ

बडा दशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ ।
आजबाट काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाइन बस्ने यात्रुहरुको भीड देखिएको छ । टिकट पाइँदैन कि भन्ने आशंका पालेका यात्रुहरुको काठमाडौंको नयाँ बसपार्कमा भीड लागेको हो । सरकारले टिकटका लागि कुनै समस्या नभएको आश्वस्त पार्न नसकेपछि यात्रुहरु आत्तिएको अवस्थामा बस टिकटको अग्रिम बुकिङका लागि नया बसपार्क पुगेका पाइएको अधिकारीकर्मीहरुले बताएका छन । उनीहरुले सरकारले वृद्ध, असक्त महिलाहरुका लागि छुट्टै टिकट लाईनको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । नयाँ बसपार्कमा अनुगमनका लागि पुग्नुभएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले व्यवसायी र सरकारबीच भएको सहमतिअनुसार टिकटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले दशैंमा घर जान टिकट पाईदैन कि भन्ने आशंका यात्रुहरुमा रहेकाले त्यसको तत्काल व्यवस्थापन गर्नुपर्ने पनि बताउनुभयो । वृद्ध, असक्त महिलाहरुका लागि टिकट लिने छुट्टै लाइनको व्यवस्था हुनुपर्ने सहमति पनि पालना नगरिएकोमा अध्यक्ष तिमिल्सिनाको आपत्ति छ ।
यता, सुरक्षा निकायले भने टिकट लिन गएका यात्रुहरुलाई सास्ती दिने काम गरे बस व्यवसायीहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले टिकट लिने लाईनमा बिचौलिया भेटिए बस व्यवसायीमाथि कडा कार्वाही हुने चेतावनी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *