Friday, November 22, 2024
Home > खेलकुद समाचार > नेपालले आज बलियो टिम ताजिकिस्तानसँग खेल्दै

नेपालले आज बलियो टिम ताजिकिस्तानसँग खेल्दै

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले आज बलियो टिम ताजिकिस्तानसँग खेल्दैछ ।

अघिल्ला दुई खेलमा १ अंक जोडेको नेपालले तेस्रो खेलमा आज ताजिकिस्तानसँग खेल्न लागेको हो । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार राति १०ः४५ मा सुरु हुनेछ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा ताजिकिस्तानसँग मैदान उत्रदा नेपाल अंक खोस्ने लक्ष्यमा हुनेछ । तर, बलियो टिमविरुद्ध अंक जोड्न नेपाललाई निकै कठिन हुनेछ । ताजिकिस्तान नेपाललाई हराएर लगातार तेस्रो जित निकाल्ने दाउमा छ । २ खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ । २ खेलमा १ अंक जोडेको नेपाल चौंथो स्थानमा छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो । दोस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । छनोट समूह ए मा रहेको नेपालले अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *