Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > अरुण नदिमा खसेको जिप संगै बेपत्ता ६ जनाको गोताखोरद्वारा खोजि शुरु

अरुण नदिमा खसेको जिप संगै बेपत्ता ६ जनाको गोताखोरद्वारा खोजि शुरु

संखुवासभा । संखुवासभाको अकरे भिरबाट अरुण नदिमा मंगलवार राति खसेको जिप संगै बेपत्ता ६ जनाको गोताखोरद्वारा खोजि शुरु गरिएको छ ।

विहिवार दिनभर गोताखोरमार्फत खोजि कार्य गरिएपनि अरुण नदिको पानीको बहाब कारण फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । जिप दुर्घटना स्थलमा पानी चिसो, बहाब धेरै र गहिरो भएको कारण खोजि कार्यमा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलाले बताउनु भयो । उहाँले दुर्घटनास्थलको गहिराई करिव ४० देखि ६० फिटसम्म रहेको अनुमान गरिएको छ । दुर्घटना स्थलको प्रकृति हेर्दा जिप सहित ६ जना दुर्घटना स्थलकै आसपासमा जिप सहित डुबेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनामा परी बेपत्ता हुनेमा खाँदवारी ९ ढुङगेविसौनाका २४ वर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ बर्षिय सदीक्षा श्रेष्ठ, २ महिनाका छोरा समिर श्रेष्ठ र खाँदवारी ९ ग्रैह्रिगाउका प्रमिस थापामगर र उनका भिनाजु खोटाङ जिल्ला घर भएका खवरमान मगर र जीप चालक सन्तोस बि.क रहेका छन । संखुवासभाको खाँदवारीबाट बिरामी बोकेर धरान आउँदै गरेको को १ ज ३७४९ नम्बरको बुलेरो गाडी धर्मदेवि नगरपालीका ८ को अक्करे भीरबाट मंगलबार राति अरुण नदीमा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *