Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > सामाजिक विसका मन्त्री घिमिरेद्धारा झण्डोत्तोलन

सामाजिक विसका मन्त्री घिमिरेद्धारा झण्डोत्तोलन

विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको भन्सार क्षेत्रमा झण्डोत्तोलन गर्नुभएको छ ।

संबिधान दिवसको अवसर पारेर रानीस्थित भन्सार क्षेत्रमा स्थायी रुपमा निर्माण गरिएको स्तम्भमा राखिएको झण्डा मन्त्री घिमिरेले झण्डोत्तोलन गर्नुभएको हो । सो अवसरमा उहांले संबिधान दिवसको अवसर पारेर प्रदेश सरकारले प्रदेशका केहि महत्वपूर्ण स्थानहरुमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको जानकारी दिनुभयो । उहांले सकरकारको निर्णय अनुसार प्रदेश एकको राजधानी विराटनगरको एयरपोर्ट,महेन्द्र चोक र मिल्स एरियाको रानी भन्सार क्षेत्रमा स्थायीरुपमा झण्डा राखिएको बताउनुभयो । मन्त्री घिमिरेले वर्तमान संबिधान संसारकै उत्कृष्ट संबिधान रहेको उल्लेख गदै नेपाली जनताको ७ दशक लामो संघर्षबाट प्राप्त उपलब्धिहरुलाई वर्तमान संबिधानमा दस्तावेजीकरण गर्न जनता सफल भएको बताउनुभयो ।

मन्त्री घिमिरेले संबिधानको मर्मलाई कार्यान्वयन गर्न सरकारले मात्र होइन सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने आव्हान समेत गर्नुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव बीरबहादुर राई लगायत स्थानियबासीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *