Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताउनु भएको हो । तर त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने आयोगको निष्कर्ष छ । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा भाग लिने व्यवस्था गर्ने भन्ने सन्दर्भमा विभिन्न अध्ययन भईरहेको जानकारी गराउँदै त्यसका लागि अनलाईन, हुलाक वा मोबाइलबाट मतदान गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनु भयो ।  निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको तयारीको कामलाई तीब्रता दिइएको पनि जनाएको छ । थपलियाले सो निर्वाचनका लागि मतदाता नामावली अध्यवधिक गर्ने कामलाई सुरु गरिएको पनि समितिलाई जानकारी गराउनु भयो । २१ वटा राजनीतिक दलहरुले सो उपनिर्वाचनमा भाग लिनका लागि निवेदन दिएको पनि निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता नामावली अध्यावधिकको काम एक हप्ता भित्र सकेर मतदाता परिचय पत्र वितरणको कामलाई सुरु गर्ने पनि स्पष्ट पार्नु भयो । मंसीर १४ गते विभिन्न ४७ वटा रिक्त सिटमा उपनिर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *