Sunday, November 24, 2024
Home > मुख्य समाचार > सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास

सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास

काठमाडौं । सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ ।

इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको आज सिंहदरबारभित्र पुतली बगैचामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको हो । संघीय संसद भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाउन लागिएको संघीय संसद भवनको निर्माण लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३१ रुपैयाँ रहेको छ । मूल्यबृद्धि र विभिन्न कन्टिजेन्सी सहित बजेट व्यवस्थापन प्रयोजनका लागि सम्पूर्ण निर्माण कार्यको लागत भने कबि ९ अर्ब ६० करोड रहेको छ । कार्यक्रममा शहरी विकास मन्त्री मोहमद इस्तियाक राईले संघीय ससद भवन निर्धारित समयमै सम्पन्न गरिने प्रतिवद्धता जनाउनुभयो ।

संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि,अति विशिष्ट व्यक्तिहरुको लागि कार्यालय भवन, पुस्तकालय र संग्राहलय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस÷छपाई भवन र ७ सय वटा सवारी साधन पार्किङ एवं सुरक्षाकर्मीको भवन बन्ने छन् । परिसर भित्रका भवनहरु ३ देखि ५ तलासम्म निर्माण गरिनेछ । प्रतिनिधिसभाको भवन ४ सय सिट क्षमताको र राष्ट्रियसभाको भवन १ सय सिट क्षमताको बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *