Friday, November 22, 2024
Home > मुख्य समाचार > विराटनगरदेखि उर्लाबारीसँग ५८ वटा सिसी क्यामेरा जडान

विराटनगरदेखि उर्लाबारीसँग ५८ वटा सिसी क्यामेरा जडान

विराटनगर । विराटनगरदेखि उर्लाबारीसँग ५८ वटा सिसी क्यामेरा जडान गरिएका छन ।

प्रदेश सरकारको सहयोगमा विराटनगरदेखि उर्लावारी सम्मको हाइवे सडकको ६० किलोमिटर क्षेत्रमा ५८ वटा सिसी क्यामेरा जडान गरि आजदेखि सुभारम्भ गरिएको हो । अप्टिकल फाइवरको माध्यमवाट प्रदेश सरकारको १ करोड ५३ लाखको लागतमा जडान गरिएका सिसी क्यामेराको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले प्रदेशलाई अपराधमुक्त प्रदेश वनाउने अभियानमा सरकार लागेको वताउनु भयो । मुख्यमन्त्री राईले सुशासन कायम गरी नेपाल प्रहरीलाई नमुना प्रहरी वनाउन प्रदेश सरकारले सहयोग गर्ने वताउनुभयो । मुख्यमन्त्री राईले विकासको पहिलो शर्त शान्ति सुरक्षा भएको भन्दै सिसि क्यामरा जडान भएपछि अपराध नियन्त्रण र अनुसन्धानमा ठूलो उपलव्धि हासिल हुने वताउनुभयो । उहांले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई पूरागर्न पनि शान्ति सुव्यवस्था अनिवार्य शर्त भएको वताउनुभयो । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले नेपाल सरकारको समृृद्धिको आकांक्षा पूरागर्नेगरि नेपाल प्रहरी अघि वढिरहेको वताउनुभयो । विखण्डनकारी र विध्वंसकारी तत्वसंग मुकावला गर्न नेपाल प्रहरी तयार रहेको भन्दै अव अपराधि उम्किनसक्ने कुनै संभावना नरहेको उहांले वताउनुभयो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सिसि क्यामरा जडान भएपछि थप सुरक्षा व्यवस्था सुद्धिढ हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *