डेङगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ ।
पछिल्लो समय विद्यार्थीहरुमा डेङगुको सक्रमण भेटिए संगै महानगरले विद्यालय केन्द्रित कार्यक्रम अगाडि ल्याएको हो ।महानगरले हिजोबाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले नगर स्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दे यस कार्यको थालनी गर्नुभएको थियो । महानगरले बस्ति क्षेत्रमा समेत पुनः फगिङ् गर्ने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिनुभयो । हिजो मात्रै वडा नं ७ र १० का सरकारी, गैर सरकारी कार्यालय, सामुदायिक विद्यालय, नीजि विद्यालयहरुमा फगर मेसिनवाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमश गर्दे जाने बताइएको छ । डेङगुबाट सक्रमित बिरामीको सख्या विराटनगरमा समेत बढेको छ । अहिलेसम्म महानगरमा डेङ्गुकाकारण एक जनाको मृत्यु भएको छ भने १४ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।