Wednesday, November 27, 2024
Home > राष्ट्रिय समाचार > मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

मनाङ । मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेश सरकारको पहलमा आज सो विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभाका सांसद प्रदेशसभा सांसद लगायत समिट एयरको विमानबाट हुम्डे पुगेका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले त्यसको विकासका लागि सो विमानस्थलको सेवा पुनः संचालन ल्याइएको स्पष्ट पार्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *