Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > एमाले र माओवादी बीच भएको एकतालाई हल्का रुपमा नलिन आग्रह

एमाले र माओवादी बीच भएको एकतालाई हल्का रुपमा नलिन आग्रह

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन एमाले र माओवादी बीच भएको एकतालाई हल्का रुपमा नलिन कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

इलाममा भएको जिल्ला स्तरीय कार्यकर्ता कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले झापा आन्दोलन र लगातार भएको छलफल र निष्कर्षका साथ पार्टी एकता भएको बताउनुभयो । अध्यक्ष दाहालले दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै संविधान निर्माण सम्भव भएको बताउनुभयो । तत्कालीन समयमा एमाले र माओवादी केन्द्रले नचाहेको भए संविधान जारी हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले त्यो बेला संविधान जारी गर्न नचाहेको आरोप लगाउनुभयो । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले देशमा नेपाल कम्युनिष्ट आन्दोलनले गति लिएको ७० वर्ष पूरा भएको उल्लेख गर्दै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माणमा २४ घण्टा खटिएको स्मरण गर्दै पूर्ण समावेशी, लोकतान्त्रिक र पूर्ण प्रेसमैत्री भएको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *