Saturday, January 18, 2025
Home > मुख्य समाचार > संघीय संसदको प्रतिनिधिसभामा सरकारको चर्को आलोचना

संघीय संसदको प्रतिनिधिसभामा सरकारको चर्को आलोचना

काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले डेंगु संक्रमण नियन्त्रणमा सरकार संवेदनशील नबनेको भन्दै संघीय संसदको प्रतिनिधिसभामा सरकारको चर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले डेंगु संक्रमणको भयबाट जनता आतंकित बन्दा पनि सरकार गम्भीर नबनेको भन्दै यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन स्वास्थ्य मन्त्रीलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । बैठकको शुन्य र विशेष समयमा डेंगु संक्रमण नियन्त्रणका बारेमा आफुहरुले उठाउदै आएको आवाजको सुनुवाई नभएको भन्दै आक्रोशित बनेका सांसद श्रेष्ठ रुलिङ नभए आफुले विरोध जनाईरहने भन्दै सभामुखलाई रुलिङका लागि दबाब दिनुभएको थियो ।  नेकपाकै अर्का सांसद खगराज अधिकारीले पनि डेंगु प्रकोप हो या महामारी भन्ने स्पष्ट पार्न सरकारसंग माग गर्नुभयो । डेंगुको संक्रमण बढ्दै जाँदा पनि सरकार, स्वास्थ्य मन्त्रालय , इमिडियोमियोलोजी महाशाखा लगायत सम्बन्धीत निकाय गम्भीर बन्न नसकेको भन्दै उहाँले तत्काल सर्वसाधरणमा फैलिएको डेंगु सक्रमणको भय समाप्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहले सदनलाई डेंगुको यथार्थ विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकषर्ण गराएपछि सभामुख कृष्ण बहादुर महराले सरकार र स्वास्थ्य मन्त्रालयलाई रुलिङ्ग गर्नुभएको थियो ।

केही दिनदेखि संघीय संसदका दुवै सदनको बैठकको विशेष र शुन्य समयमा डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नका लागि सरकारको ध्यानाकर्षण गराउदै यथार्थ विवरण सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *