Friday, November 22, 2024
Home > विराटनगर समाचार > प्रभावकारी बन्दै छोरी बचाउ अभियान

प्रभावकारी बन्दै छोरी बचाउ अभियान

विराटनगर महानगरपालिकाले सञ्चालन गरेको छोरी बचाउ अभियान प्रभवकारी बन्दै गएको छ ।
अभियान अन्तर्गत महानगरपालिकाले पहिलो छोरी जन्माउने आमालाई हिजो प्रोत्साहन भत्ता प्रदान गरेको छ । महानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी पहिलो छोरी जन्माउने आमा लाई प्रोत्साहन भत्ता स्वरुप तीन हजार रुपैया प्रदान गरेको हो । मेयर भिम पराजुली, उपमेयर इन्दिरा कार्की र कार्यकारी अधिकृत एकदेव अधिकारीले संयुक्त रुपमा ४३ जना पहिलो छोरी जन्माउने आमाहरुलाई प्रोत्साहन भत्ता वितरण गर्नुभयो । जनप्रतिनिधी वहाली भएसंगै महानगरपालिकाले पहिलो नगरसभामै वजेट छुट्टयाएर प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको हो । समाजमा देखिने छोरा र छोरी विचको विभेद अन्त्य गर्न महानगरपालिकाले यो अभियान प्रारम्भ गरेको हो । अभियान सञ्चालनपछि भ्रुण हत्यामा समेत कमी आउने महानगरपालिको विश्वास छ । नेपाली नागरिकता भएका, २० वर्षपछि विवाह गरेका र गर्भावस्थामा नियमित चार पटक स्वास्थ्य जाच गर्ने तथा स्वास्थ्य केन्द्रमा प्रसुती गराउनेहरुलाई मात्र यो भत्ता प्राप्त गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *