Friday, November 22, 2024
Home > मुख्य समाचार > एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी

एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी

काठमाडौं । सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले सो ग्याँस छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराउनुभएको हो । नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता हुने थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताउनुभयो । मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दाबी पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *