Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > राजनीति तल्लोस्तरमा आईपुगेको कोइरालाको टिप्पणी

राजनीति तल्लोस्तरमा आईपुगेको कोइरालाको टिप्पणी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आईपुगेको टिप्पणी गर्नु भएको छ ।
काँग्रेस महामन्त्री कोइरालाले विपी कोइरालाबाट सिकेर मुलुकको राजनीतिलाई सफा र निश्कलंक बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो । आईतबार काठमाडौंमा ‘विपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा बोल्दै उहाँले विपी कोइराला जीवनको सुरुवात कालमा बामपन्थी भएको खुलासा पनि गर्नु भयो ।
महामन्त्री कोइरालाले विपीले ‘तिमी १८ वर्षको भएर पनि कम्युनिष्ट भएनौं भने तिम्रो हृदय नभएको’ भनाई राख्ने गरेको पनि स्मरण गराउनुभयो । त्यसैगरी विपीले ‘तिमी २५ वर्षको भएर पनि कम्युनिष्ट छौं भने तिम्रो दिमाग छैन’ भनेर आफूलाई भन्नु भएको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै काँग्रेस नेता शेखर कोइरालाले संविधान विपरित अघि बढेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो ।
नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा पनि सरकारले नियन्त्रणका लागि ठोस पहल गर्न नसकेको आरोप पनि लगाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *