Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सुभमको पदस्थापन कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सुभमको पदस्थापन कार्यक्रम सम्पन्न

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सुभमको संयुक्त रुपमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

आज विराटनगरमा भएको पदस्थापन कार्यक्रममा बर्ष २०१९÷२०२० का नयाँ कार्यसमितिको पदस्थापन भएको हो । लायन्स क्लब ३२५ ए वानका डिस्ट्रिक गर्भनर लायन राजन खत्रीले उहाँहरुलाई पदस्थापन गराउनु भएको हो । लायन्स क्लब अफ विराटनगर पाथीभराको बर्ष २०१९ ÷२० का लागि प्रेसिडेन्टमा शक्तिम जोशी प्याकुरेल रहनु भएको छ भने लायन्स क्लब अफ विराटनगर सुभमको प्रेसिडेन्टमा सकुन्तला भट्टराई रहनु भएको छ । दुवै क्लबका अध्यक्षहरुले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्यलगायतलाई प्राथमिकतामा राखेर समाजका रहेका अन्य समस्याहरुलाई समाधान गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै गर्भनर खत्रीले लायन्स क्लबहरुले विशुद्ध निस्वार्थी भावनाले सामाजिक कार्यहरु गर्दे आएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा लायन रेवतबहादुर कार्की लगायतका लायन्स क्लबमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *