नेपाल मानव धर्म सेवा समितिले सुनसरीको खनारमा रहेका २ वटा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । इटहरी १६ एकम्बामा रहेको श्री शम्भुनाथ माध्यमिक बिद्यालयका २ सय ८५ जना र सोही स्थानको श्री सार्वजनिक आधारभूत बिद्यालयका ६४ जना गरी ३ सय ४९ जना छात्रछात्रालाई आवश्यक शैक्षिक सामाग्री बितरण गरीएको हो । आर्थीक अवस्था कमजोर भएर शैक्षिक सामाग्रीको जोहो गर्न नसक्ने बिद्यार्थीलाई कपी, पेन्सील, इरेजर आदी सामाग्री बितरण गरीएको समितिले जनाएको छ । संस्थाको नियमित कार्यक्रम अन्तरर्गत शैक्षिक सामाग्री बितरण गरिएको संस्थाकी सदस्य गिता कोईरालाले जानकारी दिनुभयो ।
Home > स्थानीय समाचार > मानव धर्म सेवा समितिद्वारा ३ सय ४९ जना छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण