Monday, November 25, 2024
Home > स्थानीय समाचार > सहाराको जग्गा बिक्रि प्रकरण ः छानविन समितिको प्रतिवेदनमा कांग्रेसको बिरोध

सहाराको जग्गा बिक्रि प्रकरण ः छानविन समितिको प्रतिवेदनमा कांग्रेसको बिरोध

मोरङको बेलबारी २ लालभित्तीमा रहेकोे सहाराको जग्गा व्यक्तिलाई विक्री गरेको विषयको छानविन गर्न नेकपा बेलबारीद्वारा गठित छानविन समितिले घटनामा सम्लग्नलाई उन्मुक्ति दिएको भन्दै नेपाली कांग्रेस नगरसमिति बेलबारीले विरोध जनाएको छ ।
पार्टी कार्यालय बेलबारीमा आज पत्रकार सम्मेलन गरेर सो विषयलाई लिएर नेपाली कांग्र्रेसले आज पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस नगर सभापति शम्भु भट्टराईले आफ्ना कार्यकर्तालाई चोख्याउन गठन गरिएको छानविन समिति र त्यसले ल्याएको प्रतिवेदन आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।उहाँले सत्यतथ्य छाानविन गरि सार्वजनिक गर्न एउटा सर्वपक्षीय छानविन समिति वनाउनु पर्ने वताउनुभयो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा सहाराको जग्गा विक्री काण्डमा संलग्नहरुलाई कारवाही गरेजस्तो देखाउने तर वास्तविकतामा कार्यकर्ता संरक्षण गरि निर्णय बाहिर ल्याएकोमा आपत्ति जनाइएको छ । छानविन समितिले पूर्व सांसद हर्कमान तामाङ र पूर्व गाविस अध्यक्ष शिव बराललाई मात्र दोषी देखाएकोमा काग्रेसले असहमति जनाएको छ । कांग्रेसले सहाराको जग्गा खरिद गरेर पछि फिर्ता गर्ने इटहरीका व्यवसायी डम्बर तामाङमाथि पनि कार्वाही हुनु पर्ने माग राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *