Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > कुशे औंशी पर्व मनाइँदै

कुशे औंशी पर्व मनाइँदै

आज भाद्रकृष्ण औंशी अर्थात कुशे औंशी पर्व मनाइँदैछ ।

हिन्दुहरुले वर्षभरि देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने कुश आज घर घरमा भित्र्याउने चलन छ । आजको दिन कुश घरभित्र राख्दा घर पवित्र हुने विश्वास छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । यस पर्वमा छोराछोरीहरूले परम्परा अनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुवा नहुनेहरुले पितृको तृप्ती तथा कल्याणको कामना गर्दै काठमाडौंको गोकर्णमा रहेको गोकर्णेश्वर मन्दिरमा गई श्राद्ध तर्पण गर्ने पनि चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *