विराटनगरस्थित सत्यम् कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।
स्थानीय एक पार्टी प्यालेसमा विविध कार्यक्रम आयोजना गर्दै सो सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष गंगाप्रसाद यादवले आर्थिक बर्ष २०७५÷७६ को बार्षिक प्रतिवेदन र २०७६÷७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । सो अवसरमा बोल्नुहुंदै उहांले सत्यम सहकारीले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न नयां–नयां कार्यक्रम ल्याएको बताउनुभयो । सो अवसरमा असल बचतकर्ताको रुपमा शेयर सदस्य शारदा पौडेल र असल ऋणिकारुपमा कोपिला शंकरलाई नगदसहित पुरस्कृत गरिएको थियो । यसैगरि प्लट टूमा अब्बल नतिजा ल्याउने विद्यार्थी काजलकुमारी गोइतलाई समेत नगदसहित पुरस्कृत गरिएको थियो । विराटनगर–३ का वडाध्यक्ष बिनोदकुमार बस्नेतले उहांहरुलाई पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रमका सहभागि सो सहकारीका पदाधिकारी तथा सदस्यहरुले नजिकिदो तीजलाई मध्यनजर गरेर तीज बिशेष गीतमा नृत्यगर्दै मनोरंजन गरेका थिए । सो सहकारीको कुल पुंजी १ करोड ५५ लाख र ३ सय बढी शेयर सदस्य रहेको जनाइएको छ । सो सहकारीमा अधिकांशरुपमा बित्तिय संस्था र विभिन्न सरकारी क्षेत्रबाट सेवा निवृत भएका ब्यक्तिहरु शेयर सदस्य रहेका छन ।