झापा । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत बिर्तामोड–३ सैनिक मोडमा खनिएको नालीको पानीमा डुबेर महिलाको मृत्यु भएको हो । महिला नालीमा कसरी डुबिन् भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । निर्माणाधीन सडकको छेउको नालीमा राईको शव तैरिरहेको देखेपछि स्थानीयले आज बिहान प्रहरीलाई खबर गरेका थिए । सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाउँदै उक्त सडकखण्ड केहीबेर बन्द गराएका थिए ।