Sunday, November 24, 2024
Home > अन्तराष्ट्रिय समाचार > भारतिय पूर्वमन्त्री पी. चिदम्बरम पक्राउ

भारतिय पूर्वमन्त्री पी. चिदम्बरम पक्राउ

भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले हिजो साँझ भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरेको हो । सीबीआईले ७३ वर्षीय चिदम्बरममाथि संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) को सरकारमा अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन् २००८ मा गरिएको अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप लगाएको छ । पक्राउ गर्नका लागि चिदम्बरमको घर पुगेका सीबीआईका अधिकारीहरुले निकै कसरत गर्नुपरेको थियो । निवासको मूलढोका नखोलिएपछि उनीहरु पछाडिको ढोकाबाट प्रवेश गरेका थिए । सीबीआईका केही अधिकारीहरु त पर्खाल नाघेरसमेत भित्र पसेका थिए । त्यसअघि चिदम्बरमले आफूमाथि सीबीआईले लगाएको आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न र पक्राउ नगर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए । तर, मंगबालर उच्च अदालतले उनको माग अस्वीकार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *