काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले “माना पाथी जोखे” जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले आज राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताउनुभएको हो । उहाँले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउँदै जानुपर्ने बताउनुभयो । उहाँले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।