विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले युवाहरुबाट ठुलो अपेक्षा राखेको बताउनुभएको छ ।
उदयिन नेपाल नामक युवाहरुको संस्थाको आज विराटनगरमा शुभारम्भ गर्नुहुंदै मुख्यमन्त्री राईले युवाहरुको सहभागिता बिना समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा हुन नसक्ने बताउनुभयो । उहांले दुब्र्यसन मुक्त प्रदेश बनाउन समेत युवाहरुको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । मुख्यमन्त्री राईले युवाहरुलाई उत्पादनशिलतासंग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुहुंदै त्यसकालागि युवा केन्द्रीत विभिन्न कार्यक्रमहरु ल्याइएको बताउनुभयो । उहांले युवाहरुलाई उद्यमशिलतासंग जोड्न प्रदेश सरकारले यसबर्ष २० करोड बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले देशको अहिलेको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा निति र पाठ्यक्रममा आवश्यक परिवर्तन गरेर अघि बढ्नुपर्ने आवश्यता रहेको समेत औल्याउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले समृद्ध नेपाल बनाउने बिषय युवाहरुकै आचारविचारमा निर्भर रहेको बताउनुभयो । उहांले सामाजिक मुल्य मान्यता र नैतिकतालाई टेकेर अघि बढेमात्र समृद्धि सम्भव रहेको बताउनुभयो । नवगठित उदयिन नेपाल संस्थाले नयां पुस्तालाई चरित्रवान र नैतिवान बनाउन अभियान चलाउने अध्यक्ष अनुपमा बास्तोलाले जानकारी दिनुभयो ।