Friday, November 22, 2024
Home > मुख्य समाचार > रवि लामिछाने सहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

रवि लामिछाने सहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

चितवन । चितवन जिल्ला अदालतले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने लगायत ३ जनालाई लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको बिषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार रवि लामिछाने, युवराज कंडेल तथा अस्मिता कार्कीलाई काठमाडौबाट पक्राउ गरि चितवन लागेको थियो । आज अदालत हाजिर गराइएका तिनै जनालाई जिल्ला अदालत चितवनका न्यायाधिश बिनोद कुमार गौतमको एकल इजलाशले ५ दिन थुनामा राखी अनुसन्धान कार्य अगाडी बढाउन अनुमति दिएको हो । रवि सँगै युवराज कंडेल र अस्मिता कार्कीलाई समेत अनुसन्धानको लागि विहिबार बाटै लागुहुने गरि पाँच दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहश गर्नु भएको थियो भने रवि लगायतको पक्षबाट अधिवक्ता सुनिल कुमार पोखरेल सहितले बहश गरेका थिए । अदालतमा बहस चलिरहदा बाहिर रविको समर्थकहरुले रवि निर्दोष रहेको र उनलाई फसाउन लागेको भन्दै नारावाजी गदै रविलाई रिहा गर्न माग गरेका थिए । सर्मथकहरुले जिल्ला प्रहरी कार्यालयको मुल गेट अगाडी जम्मा भएर नाराबाजी गर्न थाले पछी प्रहरीले पछाडीको बाटो प्रयोग गर्दै रवि सहित तिनैजनलाई सरकारी वकिलको कार्यालय र अदालत लगेको थियो । त्यस्तै अदालतमा जिल्ला प्रहरी कार्यालय ल्याउन पनि प्रहरीले समर्थकहरुको आखाँ छल्दै भित्रीबाटो प्रयोग गर्नु परेको थियो । सर्मथकहरु दिनभर जसो जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको मुल गेट अगाडी नारावाजी गर्दै बसेका थिए । मृतक पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई आफ्नो मृत्युको दोषी बताएका थिए । प्रहरीले तिनैजनालाई विहिबार काठमाडौँबाट नियन्त्रणमा लिएर चितवन ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *