Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने दाहालको दावी

पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने दाहालको दावी

ललितपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने दावी गर्नु भएको छ ।

अध्यक्ष दाहालले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुंगो लगाउने तयारी गरिएको बताउनु भएको हो । आज पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै उहाँले दुई अध्यक्षबीच पार्टीको केन्द्रिय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मंच, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भईसकेको पनि जानकारी दिनु भयो । सो सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने अध्यक्ष दाहालको भनाई छ । उहाँले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गर्नु भयो । अध्यक्ष दाहालले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *