Friday, November 22, 2024
Home > मुख्य समाचार > संसदीय समितिको बैठक पनि स्थगित गर्न कांग्रेस सांसदको माग

संसदीय समितिको बैठक पनि स्थगित गर्न कांग्रेस सांसदको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन् ।

नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसदद्धय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गर्नुभएको हो । आज सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्यसमेत रहनु भएका काँग्रेस सांसद संग्रौलाले बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एकहप्ता बैठक स्थगित गर्न समितिका सभापति श्रेष्ठसँग माग गर्नुभयो । उहाँले पीडितलाई साथ दिन आ– आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने तर्क पनि गर्नुभयो । काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि संसदीय समितिको बैठक स्थगित गर्न माग गर्नुभयो ।  सांसद प्रेम सुवालले पनि एकहप्ता समितिको बैठक स्थगित गर्न माग गर्नुभयो । उहाँले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सांसदहरुलाई आ–आफनो निर्वाचन क्षेत्रमा जान भन्दै प्रतिनिधिसभा बैठक स्थगित भएको उल्लेख गर्दै समितिको बैठक पनि स्थगित हुनुपर्ने पनि बताउनुभयो ।

यता, सत्तारुढ नेकपाका सांसदहरुले भने कानुन निर्माणको काममा ढिलाई हुने दावी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएपनि संसदीय समितिका बैठकहरु भने स्थगित गर्न नहुने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *