Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रदेश एक सरकारले सदनमा पेस गरेको २०७६/७७ को बजेट बहुमतले पारित

प्रदेश एक सरकारले सदनमा पेस गरेको २०७६/७७ को बजेट बहुमतले पारित

विराटनगर । प्रदेश एक सरकारले सदनमा पेस गरेको आगामि आर्थिक वर्ष २०७६/७७ को बजेट बहुमतले पारित भएको छ ।

प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले असार १ गते सदनमा प्रस्तुत गरेको बजेट आज बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो । प्रदेशसभा बैठकमा मन्त्री आङ्वोले पेस गर्नुभएको विनियोजन विधेयक अन्तरगत सबै मन्त्रालयहरुको भिन्दा भिन्दै शिर्षकमा छलफल भएको थियो । विनियोजन विधेयकको छलफल बिहिबार सकिएको थियो । आजको प्रदेश सभा बैठकमा प्रमुखप्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद शिवनारायण गनगाईले खर्च कटौतिको प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख प्रदिपकुमार भण्डारीले सांसद गनगाईलाइ उक्त प्रस्ताव फिर्ता लिन समय दिएको भएपनि उहाले प्रस्ताव फिर्ता लिन मान्नुभएन ।  जवाफमा आर्थिक मामिला तथा योजनामन्त्री आङ्वोले अर्थ मन्त्रालय जोगि बस्ने कुटी नभएको टिप्पणी गर्नुभयो । प्रदेश सरकार हिजोको जिविस जस्तो नभएको टिप्पणी गर्दै उहाले जननिर्वाचित राजनितिज्ञ बस्ने अड्डा भएकाले सरकारलाइ भैपरी आउ“दा र प्राथमिकता प्राप्त आयोजनामा बजेट अपुग हु“दा उक्त शिर्षकको बजेट उपयोग हुने बताउनुभयो ।

प्रदेश एक सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । चालूतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत र पूंजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ रु. ८ करोड विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *