Friday, November 22, 2024
Home > मुख्य समाचार > जर्मनीले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने

जर्मनीले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने

काठमाडौं । जर्मनले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच आज काठमाडौंमा जर्मनले नेपाललाई सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरिएको सचिव खनालले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै नेपालका लागि जर्मनका राजदुत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताउनु भएको थियो । जर्मनले नेपालको सामाजिक–आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *