Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने मन्त्री बाँस्कोटाको भनाइ

पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने मन्त्री बाँस्कोटाको भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पार्नुभएको हो । तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा  अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने उहाँले बताउनुभयो । उहाँले सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा संचार जगतले सम्प्रेषण गरिनै रहेको भन्दै व्यंग्य गर्नुभयो । सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गरेपछि अहिले दिदै आएको लोककल्याणकारी विज्ञापन रोकिने उहाँले बताउनुभयो । संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उहाँले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिनेमा जोड दिनुभयो । मन्त्री बास्कोटाले संसद भित्र छलफल नै नगरि संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *